५ असार २०८३, शुक्रबार

एन्फाको साधारणसभामा छिर्न गणेश थापालाई रोक

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, २६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापामाथि रोक लगाएको छ ।

धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएको हो । ‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिएपछि पूर्वअध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।

फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि धुलिखेलको माहौल यतिखेर गर्मागर्मी भएको छ ।