१४ असार २०८३, आइतबार

आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुईमा स्थान पाउनका लागि यो खेल निर्णायक हुन सक्नेछ ।

आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् । त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।

शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अंक छ । पञ्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अंक छ । कलकत्ता ११ र लखनउको १० अङ्क छ । मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन् ।

आईपीएलमा समेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भएको थियो । दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो ।