२७ असार २०८३, शनिबार

हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २५ वैशाख । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त ४० करोड रुपैयाँको लागतमा स्तरोन्नति थालिएको हो ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको कार्यालयका इञ्जिनियर सागर भण्डारीले बताए । आठ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ ।

गलकोटको हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो ।