
काठमाडौं, २५ वैशाख । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले आज आन्दोलनको घोषणा गर्दैछ । सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।
घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली काङ्ग्रेस (बिपी)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी, हिन्दुवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलनको घोषणा गर्न लागेको र त्यस कार्यक्रममा पार्टी अध्यक्ष थापाको उपस्थिति हुने बताए ।
उनले कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुने र आन्दोलनको कार्यक्रम शान्तिपूर्ण हुने बताए ।









प्रतिक्रिया