२ असार २०८३, मंगलबार

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ वैशाख । यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।