२२ असार २०८३, सोमबार

आईपीएल : कोलकातामाथि चेन्नई २ विकेटले विजयी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पूरा गरेको हो । कप्तान एमएस धोनी १७ रन बनाएर अविजित फर्किएका छन् ।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाएका छन् । उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए । वैभव अरोराले ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिएका थिए ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो । जसअनुसार कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए । आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए । नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

चेन्नईले यो सिजनको तेस्रो खेल जितेको हो । टोलीको १२ खेलपछि ६ अंक छ र टोली तल्लो स्थानमा छ भने कोलकाताले १२ मध्ये ६ खेलमा जितेर र ६ खेलमा हार बेहोरेको छ । टोलीको ११ अंक छ । छैटौं नम्बरमा नाइट राइडर्सको टोली छ ।