२ श्रावण २०८३, शनिबार

अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ : रोशन कार्की

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आईपीओहरुको निष्कासन गर्नको लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले भनिन्, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ । आईपीओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन् । पुँजीबजारमा हजारौं नागरिकको पैसा फसेको छ । उनीहरुमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’