९ श्रावण २०८३, शनिबार

पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ ।

गएराति भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नाम दिई हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको हो ।

दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’

Skip This