१० असार २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उदेश्य उद्यमीहलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय वस्तुहरुमा साक्षर गराउनु रहेको बैंकले जनाएको छ । यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ ।

बैंकले हालै ‘मोबाइल एक, फाइदा अनेक’ मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायत जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।