६ श्रावण २०८३, बुधबार

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ वैशाख । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ । यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या, अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता, र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्ने कम्पनीको भनाई छ । डिजाईन उत्कृष्टता र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यवसायिक स्थलहरूको दैनन्दिन अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिले अझ भव्य बनायो । पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारे ।

पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए ।