७ असार २०८३, आइतबार

पवनदीप राजन दुर्घटनामा गम्भीर घाइते

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ बैशाख । इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

चम्पावतबाट दिल्ली जाँदै गर्दा गजरौलाको राजमार्गमा उनी सवार कार दुर्घटनामा परेको हो । उनका दुवै हात र खुट्टा भाँचिएको बताएको छ । पवनदीप आफैँले लगाएको गाडी दुर्घटनामा परेको हो । उनको गाडी सडक छेउमा रोकि राखिएको कन्टेनरमा गएर ठोक्किएको थियो ।

सामाजिक सञ्जालमा गायकको भिडियो र फोटोहरु सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् र डाक्टरहरूले उनको उपचार गरिरहेका छन् ।

अस्पतालको ओछ्यानबाट आएको तस्बिरमा उनी गम्भीर अवस्थामा देखिन्छन्। दुर्घटनामा उनका दुई साथीहरूलाई पनि गम्भीर चोट लागेको बताइएको छ।