
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् । यसको चाँजोपाँजो प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलले मिलाएका थिए । सोही अनुसार तीन नेताबिच भेटवार्ताको तय गरिएको थियो । तर, सिंहदरबारमा ओली र देउवाले प्रचण्डलाई तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी कुरे पनि प्रचण्ड बैठकमा पुगेनन् ।
प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सम्पर्क गर्दा समय अभाव भन्ने जवाफ पायो । प्रचण्ड नगएपछि उनीविनै ओली र देउवाले सिंहदरबारमा केहीवेर कुराकानी गरेका छन् । यसअघि सरकारले टीआरसीका विषयमा छलफल गरेलगत्तै कुलमान हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रचण्डमाथि टीआरसीसँग कुलमान साटेको आरोप समेत लागेको थियो ।
‘यसअघिको बैठकमा झुक्याइँयो र कुलमान हटाइयो यो पटक पनि टीआरसीको छलफल गर्ने भनेर तत्काल गभर्नर नियुक्ति गर्ने र प्रचण्डको समेत सहमतिमा गरेको भन्ने प्रचार नहोला भन्न सकिँदैन त्यसले पनि बोलाउनेवित्तिकै गइहाल्न नसक्ने स्थिति बन्यो’, प्रचण्डको सचिवालयले भन्यो, ‘नेता भेट्न पनि धेरै सोचविचार गर्नुपर्ने देखियो । ’
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया