९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : नक्कली पत्रले रेशम पाँच घण्टा थुनामा, अन्ततः महिना दिनमा विद्यालय फर्किने भए शिक्षक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १७ बैशाख । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृतले लेखेको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामा बस्न बाध्य भएका छन् ।

सर्वोच्च अदालतका सह रजिष्ट्रार तथा प्रवक्ता अच्युत कुईंकेलले सो पत्रलाई ‘अनधिकृत’ भनेका छन् । बुधवार शाखा अधिकृत महिमान सिंह विष्टले रेशमलाई पक्राउ गरेर थुनामा राख्न कारागार कार्यालय डिल्लीबजारलाई सम्बोेधन गरेर पत्राचार गरेका हुन् ।

प्रहरी महानिरीक्षकलाई बोधार्थ दिइएको पत्रको आधारमा काठमाडौँका एसएसपी विश्व अधिकारीले आधिकारीकता समेत नबुझिकन चौधरीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर डिल्लीबजारमा बुझाएको थियो ।

१२ बजेर ५० मिनेटमा पक्राउ परेका चौधरी झण्डै ५ घण्टापछि कारागारबाट छुटेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-