३० आश्विन २०८३, शुक्रबार

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार टोटेह्याम हटस्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि जितेको हो ।

दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनह्यामका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन टोली असफल रह्यो ।

घरेलु टोलीका लागि लुइस डियाजले १६औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिस म्याकए लिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे ।