
काठमाडौं, १४ वैशाख । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ ।
यो अफर आइतबार (२०८२ वैशाख १४ गते)देखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुने कम्पनीले जनाएको छ । यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।
कम्पनीका अनुसार यो सीमित अवधिको अफरमा ग्राहकहरूले यी फाइदाहरू लिन सक्नेछन्:
–जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम २५,००० रुपैयाँको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) ।
–एक्सचेन्ज भ्यालु अझ बढाउन थप १०,००० रुपैयाँको अतिरिक्त भ्यालुएसन ।
–धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा ।
–यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९% व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा ।
–थ्रिल अफ ३ अफरअन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट ।
–उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू ।















प्रतिक्रिया