३० आश्विन २०८३, शुक्रबार

हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । हिमालयन बैंक लिमिटेडले बैंकको काठमाडौंको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो सँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरेको छ ।

आइतबारदेखि बैंकले बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको हो । शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरे ।

हाल बैंकले देशभरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।