१५ असार २०८३, सोमबार

पहलगाम नरसंहार : कश्मीरमा ९ आतंकवादीको घरमा विष्फोट, १८८ जना हिरासतमा

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १४ वैशाख । पहलगाम नरसंहारपछि भारतीय सुरक्षा एजेन्सीहरूले शनिबार कश्मीरमा आतंककारी र तिनीहरूको नेटवर्कलाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी हमला गर्न जारी राखेका छन् ।

धेरै आतंकवादीहरुको घर ध्वस्त गर्नुका साथै पूर्व आतंकवादी र उनीहरुका भूमिगत कामदारहरुको पहिचान, सोधपुछ र उनीहरुको घरमा खोजीसमेत गरिरहेको छ ।

श्रीनगरमा मात्रै ६४ आतंककारी र भूमिगत कामदारहरूको लुकेर बसेको अनुमान गरिएको छ । अनन्तनागमा १८८ जनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको छ, जबकि कश्मीरका अन्य भागहरूसहित लगभग २ हजार ५०० मानिसहरूलाई सम्बन्धित पुलिस स्टेशनहरूमा सोधपुछको लागि बोलाइएको छ ।
.
उता, २४ भन्दा बढी जेलमा रहेका आतंककारी र भूमिगत कामदारहरूलाई पनि सोधपुछ गरिएको छ । विभिन्न ठाउँमा विशेष चेकपोस्ट स्थापना गरिएको छ । पछिल्ला दुई दिनमा यी नाकाबाट आतंकवादीका ६ सहयोगी हतियारसहित पक्राउ परेका छन् ।

शनिबार बिहान कुलगाममा लश्कर आतंकवादी शाहिद अहमद कुटे र आतंकवादी जाकिरको शोपियानमा घर ध्वस्त पारिएको थियो । दुवै लश्करका आतंकवादी सूचीकृत रहेका थिए । कुपवाडामा पनि लश्कर आतंकवादी फारुकसहित दुई आतंककारीको घर ध्वस्त पारिएको छ ।

शनिबार साँझ शोपियानको जैनापोरामा टीआरएफ आतंकवादी अदनान शफी डारको घर पनि ध्वस्त पारिएको थियो ।

पछिल्लो २४ घण्टामा सुरक्षा बलले यो उपत्यकामा नौ आतंककारीको घर विस्फोटक पदार्थसहित ध्वस्त पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।