२१ असार २०८३, आइतबार

एनएसएल : उपाधिका लागि ललितपुर र पोखरा भिड्दै, विजेताले ८० लाख पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुँदैछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो । जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।