१ श्रावण २०८३, शुक्रबार

क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख सहयोग गर्ने क्यानको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ ।

मधेश प्रदेश क्रिकेट सङ्घको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए । उनले प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए ।

गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो । उनको उपचारका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ ।