१० श्रावण २०८३, आइतबार

मेटलाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । मेटलाइफ नेपालले आफ्नो नवीनतम बीमा योजना ‘डबल प्रोटेक्सन प्लस (डीपीपी)’ सार्वजनिक गरेको छ ।

विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित् बीमा हो । शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको केही समयमै यसमा ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक आएको कम्पनीले जनाएको छ । सुरुको एक घण्टामै १०० वटा पोलिसी बुक भएर मेटलाइफको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्वता प्रति ग्राहककोे विश्वास रहेको पुष्टि भएको कम्पनीको भनाइ छ ।

डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू, र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ । ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन्, जसअनुसार योजना अवधिभर बीमा सुरक्षा पाइन्छ । यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ, र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ । लचिलोपन र भरपर्दो बीमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको छ ।

यस योजनाको मुख्य विशेषता हो डबल बीमाङ्क रकमको लाभ – यदि योजना अवधिमा दुर्घटना वा रोगका कारण बीमित व्यक्तिको मृत्यु वा पूर्ण तथा स्थायी अपाङ्गता वा अशक्तता भएमा, इच्छाइएको व्यक्ति वा बीमित व्यक्तिलाई बीमाङ्क रकमको दोब्बर रकम एकमुष्ट रूपमा प्रदान गरिन्छ । साथै, यस योजनामा दुई विशेष लाभहरू पनि छन्ः बुस्टर फन्ड लाभ– मेटलाइफको सेग्रेगेटेड फन्डको लगानी प्रतिफलको आधारमा, पहिलो बीमालेख वार्षिकोत्सवदेखि प्रत्येक वर्ष प्रदान गरिने वार्षिक भुक्तानी र लयाल्टी रिवार्ड लाभ – बीमित व्यक्तिको जीवन अवधिमा हरेक पाँच वर्षको अन्तमा बीमा अवधिको अन्त्य सम्म सुनिश्चित रूपमा प्राप्त हुने लाभ ।

कार्यक्रममा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी सबैका लागि यो एक गौरवको क्षण हो । डबल प्रोटेक्सन प्लस योजनासँग हामी केवल एउटा नयाँ उत्पादन मात्र ल्याइरहेका छैनौँ, हामी नेपाली परिवारहरूलाई मानसिक शान्ति र वित्तीय सुरक्षाको अनुभव दिलाइरहेका छौँ । भविष्यप्रति विश्वास जगाउने र सुरक्षित बनाउने हाम्रो उद्देश्यलाई यो योजनाले साकार बनाउनेछ ।’ अद्वितीय विशेषता र सफल सुरुवातका साथ, डबल प्रोटेक्सन प्लस योजना नेपालकै सबैभन्दा भरपर्दो सुरक्षा तथा बचतको समाधान बन्ने सम्भावनाका साथ अघि बढिरहेको छ ।

Skip This