१ श्रावण २०८३, शुक्रबार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समितिको २३८औँ बैठकले सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने सञ्चालक पद रिक्त भएकोमा पौडेललाई नियुक्त गरिएको हो ।

पौडेललाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको जानकारी दिइएको छ । यसअघि शशांक अग्रवालले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।