२ श्रावण २०८३, शनिबार

एनएसएल : एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशमाख । जारी नेपाल सुपर लिगमा एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिगको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको एलिमिनेटर खेलमा चितवनलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायर्समा प्रवेश गरेको हो। लिग चरणमा पोखरा चितवनसँग २–० गोल अन्तरले पराजित भएको थियो।

दोस्रो क्वालिफायरमा स्थान बनाएसँगै पोखराले अब धनगढी एफसीको सामना गर्नेछ। दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ।