
काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक डाकेको छ ।
सिंहदरबारबाटै पार्टी अध्यक्ष लगायत नेताहरूलाई पक्राउ गरिएपछि पार्टी कार्यालयमा आकस्मिक बैठक बस्न लागेको हो । यसैबीच राप्रपाको आजको प्रदर्शन सम्पन्न भएको छ ।
राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको हो । राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए ।












प्रतिक्रिया