३० असार २०८३, मंगलबार

सिंजामा नेपाल र खस राज्यको नक्सा निर्माण हुने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ७ बैशाख । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर–३ को राईके डाँडामा नेपालको भौगोलिकता समेटिएको खस राज्यको नक्सा निर्माणका लागि शिलान्यास गरिएको छ । एक विशेष समारोहकाबीच प्रतिनिधिसभा सदस्य विनिता कठायतको हातबाट नक्साको संरचना शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडाअध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद कठायतले नेपालको नक्सा निर्माण मात्र नभइ भविष्यमा ऐतिहासिक खस राज्यको नक्सापनि निर्माण गरिने जानकारी दिइन् ।

उनले भनिन्,‘भारतले महाभारतको नक्सामा नेपाल समेटेको देखिन्छ भने हामीले पनि खस राज्यको ऐतिहासिक नक्सा बनाउँदा भारतको भू–भाग समेट्दा किन नहुने ?’।

नेपालका बिभिन्न पर्यटकीय क्षेत्र रहेपनि नेपाली भाषा उत्पत्ति भएको कनका सुन्दरी लगायत पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार हुनुका साथै सिन्जाभित्रका इतिहास, धार्मिक, रितिरीवाज, भेषभुषा र रैथाने अन्नबालीको प्रचारमा थप टेवापुग्ने समेत बताएकी छन् ।

उक्त निर्माणकार्य सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाबाट ठेक्का आव्हान गरिएको हो । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार परियोजनाको अनुमानित लागत एक करोड रुपैयाँ रहेको छ । निर्माण कार्यको जिम्मा ममता निर्माण सेवाले लिएको छ ।
परियोजना ऐतिहासिक, शैक्षिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने स्थानीयको विश्वास छ ।

खस राज्यको राजधानी मानिएको सिंजा क्षेत्रमा यस्तो पहल हुनु आफैंमा गौरवको विषयभएको सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । रारा जाने पर्यटकलाई पनि यसले आकर्षण गर्ने देखिन्छ । नक्सा निर्माणपछि क्षेत्रको पर्यटन प्रवद्र्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा स्थानियबासीहरुल गरेका छन् ।