
चीन, ६ वैशाख । विश्वमै पहिलोपटक रोबोट हाफ म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ ।
म्याराथानमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरिका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।

२१ किलोमिटर लामो मार्गमा उनीहरु सहभागि भएका हुन् । उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए ।
कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभई मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरूको परीक्षणका रुपमा प्रस्तुत गरेको जनाएका छन् ।

ह्युमनोइड रोबोटहरूको लागि आठ स्टेशनहरू पनि स्थापना गरिएको थियो । जहाँ रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो । यस क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो । सीसीटीभीप्लस








प्रतिक्रिया