
काठमाडौं, ५ बैशाख । चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई रिहा गर्ने तयारी गरिएको छ ।
उनलाई उपचारका लागि रिहा गर्न लागिएको बताइएको छ । उनी क्यान्सर पीडित हुन् । उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए।
तीनकुने घटनामा उनीसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत करिब २ सय जना पक्राउ परेका छन् ।








प्रतिक्रिया