
काठमाडौं, ५ बैशाख । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।
उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आएकी हुन् । विश्व प्रसिद्ध कथा वाचिका प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको उद्घाटन गर्ने आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तीले जानकारी दिए ।
देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययवादनको समूह समेत रहेको बताइएको छ । उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।
त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।









प्रतिक्रिया