६ श्रावण २०८३, बुधबार

आईपीएलमा मुम्बईको दोस्रो जित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्यकुमार यादवले २६ रन जोडे । तिलक बर्मा २१ रनमा अविजित रहे ।

मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यसअघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो । उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।

जितपछि मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्कसहित नवौँ स्थानमा छ ।