
काठमाडौं, ४ वैशाख । ब्राजिलियन फुटबलका लिजेन्ड रोबर्टो कार्लोसको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि कार्लोस नेपाल आउन नसक्ने भएका हुन् ।
कार्लोस नेपाल सुपर लिग (एनएसएल)मा सहभागी हुन भोलि शुक्रबार (१८ अप्रिल)मा नेपाल आउने कार्यक्रम थियो ।
एनएसएलका अनुसार, अचानक स्वास्थ्यमा समस्या देखिएपछि कार्लोसले निर्धारित १८ अप्रिलमा नेपाल आउन नसक्ने जानकारी दिएका हुन् ।
एनएसएलले भनेको छ कि कार्लोसले निश्चित रूपमा नेपालको भ्रमण गर्नेछन् र प्रतियोगिताको फाइनल अघि एनएसएलको कार्यक्रममा सहभागी हुनेछन् ।









प्रतिक्रिया