१ कार्तिक २०८३, आइतबार

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ वैशाख । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ९ शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

सम्झौताले पोखरा महानगरपालिका वडा नं. ९ शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोबार नगद रहीत बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ । यसका साथै, व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।