
काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा इञ्चार्ज तोकेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो ।
बैठकले कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेस प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशका लागि गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाललाई तोकेको हो ।








प्रतिक्रिया