२० असार २०८३, शनिबार

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् ।

विहीबार काठमाडौंमा आयोजित‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा…’पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं । किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ । यो एउटा ठूलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषिहौं कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिती बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष हो किभन्ने जस्तो लाग्छ ।’

यस्तै, उनले देशमा केही पनि भएको छैन, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसकापछि नलाग्न सबैलाई आग्रह गरेकी छन् ।

यसको साथै, किताबमा छोटो रुपमा एकदमै चासो लाग्ने विषयहरु रहेको भन्दै लेखकले अहिलेको पुस्तालाई लक्षित गरेर एक एक पेजको बुझ्ने भाषामा किताब लेखेको बताइन् ।