१४ असार २०८३, आइतबार

६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस, को-को परे ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको हो । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।

विहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।