
काठमाडौं, ४ बैशाख । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरूद्वको मुद्दाको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको छ ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा नेपाल र भट्टराईमाथि पनि अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई हेर्दाहेर्दैमा रहेको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश गरेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माले अख्तियार, महान्यायाधीवक्ता कार्यालय अनि विशेष अदालत विरुद्ध छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।








प्रतिक्रिया