
काठमाडौं, ४ बैशाख । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ ।
उनलाई यौन दुराचारको आरोपाट उच्च अदालत जनकपुरले सफाई दिएको हो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले उनलाई सफाई दिएको हो । उनीमाथि सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।
न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।
यसअघि उनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
उनीविरूद्व अन्य जिल्लामा पनि हत्या, बलात्कार लगायतका आरोपमा मुद्दा चलिरहेको छ ।








प्रतिक्रिया