
काठमाडौं, ४ बैशाख । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको छ ।
संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले अख्तियारले अनुसन्धान गरिरहेका अधिकारीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
उपसमितिले पोखरा विमानस्थल निर्माणमा सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको काममा संलग्नहरूमाथि अनुसन्धान गर्नुपर्ने सुझाव पनि दिएको छ ।








प्रतिक्रिया