७ श्रावण २०८३, बिहिबार

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र भत्किने हुँदैन : काँग्रेस

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । नेपाली काँग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्दैमा सरकार नढल्ने स्पष्ट पारेको छ ।

आज बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने नहुने बताएका हुन् । प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको उनको भनाइ छ ।

उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वभाविक हो। उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’