
काठमाडौं, ३ बैशाख । वेबसिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो ।
बिमलेश अधिकारी निर्देशित यस सिरिजको सार्वजनिक ट्रेलरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।
ट्रेलर सार्वजनिक पछि निर्देशक अधिकारीले एउटा नेपाली अमेरिका बस्दै गर्दा उसको दैनिक जीवनमा घट्ने घट्नाहरु कस्तो हुन्छ भन्ने कुरा पर्दामा देखाउने उद्देश्यले सिरिज बनाएको बताए । १२ एपिसोडमा निर्माण भएको यस सिरिज बैशाख १४ गते देखि रिलिजहुने पनि उनले जानकारी गराए ।
यस सिरिजको पटकथा तथा संवादविवेक चम्लागाईंले लेखेका छन् । यस सिरिजमार्फत अभिनेत्री अरुणीमा लम्सालले १० वर्षपछि कमब्याक गरेकी हुन् ।
सिरिजमा अरुणिमा, बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा मुख्य भूमिकामा छन् । यसको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो ।








प्रतिक्रिया