१० असार २०८३, बुधबार

वर्षौंपछि आँखाको ज्योति फर्किएपछिको खुशी…

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २ बैशाख । कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जंगबहादुर सिंहले आँखाको ज्योति गुमाएको पाँचवर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा रहेन ।

कालिकोटको दुर्गम गाउँमा भएको आँखा शिविरमा आँखाको शल्यक्रिया गरेपछि पाँच बर्षपछि उनले बाहिरी संसार देखेका हुन् । नाताले भतिजा पर्ने करन सिंहको सहारामा ओदा फाउण्डेशन पुगेका उनको मोती बिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएका हुन् ।

आँखाको शल्यक्रियापछि संसार देखेका उनले रात र दिन एकैनासको लागेको बेला फेरि संसार देख्न पाएको भन्दै खुशी व्यक्त गरे । ‘मेरा लागि संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भने, ‘फेरि बाहिरी संसार देख्न पाएँ, नयाँ जीवन पाएको जस्तो लागेको छ ।’

महावै गाउँपालिका ३ कीकन्नशिला सिंहले पनि आँखा देख्न छाडेको १ वर्षपछि पुनः देख्न थालेकी छिन् । ‘आँखाको ज्योति भन्दा ठुलो केही रहेनछ’, उनले भनिन्, ‘ज्योति फर्काइदिने डाक्टरलाई भगवान्ले रक्षा गरुन् ।’ महावै गाउँपालिका–७ की पान्का सुनार पनि ओदानकुको शिविरमा गएर उपचार गराएपछि आँखा देख्ने भएकी छन् । ३ वर्ष पछि गुमेको एउटा आँखाको ज्योति फर्किपछि उनी खुशी छन् ।

जंगबहादुर, कन्नशिला र पान्काजस्तै महावैका ७० जनाको अनुभव उस्तै छ । गाउँपालिकाकले गाउँमै सञ्चालन गरेको आँखा शिविरमा ७० जनाको शल्यक्रिया गरे पछि आँखाको ज्योति फर्किएको बताएका छन् । ‘आँखा नदेख्दा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्तठम्याउन सकिँदैनथ्यो,’ मोतीबिन्दुको शल्यक्रियापछिपान्काले सुनारले भनिन्, ‘अब आँखा देख्ने भएकाछौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो ।’

आँखा नदेख्दाआफूलाई परेको कठिनाईसंगै परिवार र आफन्तले गरेको हेला र दुव्र्यवहार गर्दा साह्रै मन दुखेको उनको भनुभव छ । ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’, उनले भनिन्, ‘अब त ज्योति फर्कियो, आफ्नो काम आफै गर्न सक्छु अब कसैले हेला नगर्लान् ।’ आफ्नै गाउँमा शिविर सञ्चालन भएपछि ऋण खोजेर उपचारका लागि बाहिर जानु पर्ने बाध्यता हटेको महावै गाउँपालिकाकी लंका सुनारले सुनाइन् ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रको समन्वय, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग, ओदा फाउण्डेशनको व्यवस्थापन तथा महावै गाउँपालिकाको आयोजनामा २ दिने सर्जिकल आँखा उपचार शिविरमा उपचारपछि धेरैको खुशी फर्किएको बताएका छन् । मोती बिन्दु छनोट शिविरमा आएका ४ सय ५३ जनामध्ये ७० जनाको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र मान्मका प्रमुख डबल अधिकारीले बताए ।

नागरिकको स्वास्थ्यमा स्थानीय सरकार प्रतिवद्ध भएपछि शिविर सञ्चालन गर्न सकिएको अधिकारीको भनाई छ । कालिकोटका नागरिकलाई ध्यानमा राखेर मोतीबिन्दुको निःशुल्क शल्यक्रिया आयोजना गरिएको अधिकारीले बताए ।