१ श्रावण २०८३, शुक्रबार

यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।

ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।

अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।