२० असार २०८३, शनिबार

प्रभु क्यापिटलको नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाइने विविध चाडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेको छ । क्यालेन्डरमा क्यापिटलले दिने सेवाबारे ग्राहकहरूलाई सजिलै जानकारी दिनुका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश पनि दिएको छ । क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोडसहितको सुविधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन त्यसको क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराइएको प्रभु क्यापिटलले जनाएको छ ।

कुनै पनि कम्पनीका प्रथमत् कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारी मार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरु क्यालेन्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाडपर्वहरुमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिँदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरुप भविष्यमा लगानी वृद्धि हुँदै जाने खालका वित्तीय साधनहरु दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरुले वित्तीय सुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिइएको क्यापिटलले जनाएको छ ।

मर्चेन्टसम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादीस्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुविधा दिएको छ भने ग्राहकले अनलाइनमार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने क्यापिटलले जनाएको छ ।