८ श्रावण २०८३, शुक्रबार

तीनकुने घटनामा पूर्वराजाले तोडे मौनता- नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन, घटनाबाट दुःख लाग्यो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । तीनकुने घटना घटेको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मौनता तोडेका छन् ।

नयाँ वर्षको पूर्व सन्ध्यतामा भिडिओ सन्देश जारी गर्दै शाहले घटनाप्रति दु्रःख व्यक्त गरेका हुन् ।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

उनले जनतामा जागरूकता पैदा हुनु सकारात्मक रहेको भन्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। यसलाई हामीले सकरात्मक लिएका छौँ,’ ।

उनले २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको बताएका छन्। उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुपता पैदा भएको छ त्यसलाई सकारात्मक लिएको बताएका हुन् ।