
काठमाडौं, ३१ चैत । हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।
मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।
कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए। नेपाललाई बसिर अहमद र नन्दन यादवले जित नजिक पुर्याए पनि पर्याप्त भएन।
बसिर र नन्दनले एक समय ९२ रनमा ८ विकेट गुमिसकेको अवस्थाबाट नेपाललाई खेलमा फर्काएका थिए ।








प्रतिक्रिया