
काठमाडौं, चैत्र २८ । ‘जुनियर एण्ड सिनियर मिस्टर एण्ड मिस आइडल सिजन–२’ घोषणा गरिएको छ ।
आज काठमाडौंको कमलादीस्थित फूड कोर्टमा पत्रकार सम्मेलन गरेर स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सीइओ नितु कुमारी श्रेष्ठको नेतृत्वमा ‘मिस एण्ड मस्टर जुनियर एण्ड सिनियर आइडल सिजन-२’ को घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ। सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा ‘मिस तथा मिसेस युनिभर्सल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ९५–८ वर्ष, समूह ‘बि’ ९–१२ वर्ष, र समूह ‘सि’ १३–१५ वर्ष तोकिएको छ । समूह ‘ए’ र ‘बि’ का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सि का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको हो। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइने पनि आयोजकले जनाएको छ । जसअनुसार उनीहरूले १५ हजारको सट्टा १० हजार रुपैयाँमै सहभागी हुन पाउनेछन्।
बैशाख ६ गतेदेखि सुरु हुने प्रतियोगिताको प्रशिक्षण कार्यक्रम प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोसुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।
कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन् । हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू निश्चित भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ। प्रतियोगिताको को–स्पोन्सरका रूपमा काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्।








प्रतिक्रिया