१७ असार २०८३, बुधबार

भोलिबाट देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ अवसरमा ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ को घोषणा गरेको छ ।

यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो इभी, पन्च इभी, नेक्सन के ३ इभी, र कर्भ इभी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमै गाडीहरू खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभिटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

यस्तै, यस अवसरमा ग्राहकहरूले नेपाल भर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।