
काठमाडौं, २८ चैत । नेपाल आइडल सिजन २ का चर्चित गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ। गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी आफैंको हो ।
आफैँले भिडियोको निर्देशन गरेको गितमा प्रतिभा रानीको अभिनय देख्न पाइन्छ । म्युजिक भिडियो पवन गिरी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीत “वास्तविकता” जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा भएको गिरीले बताएका छन् ।








प्रतिक्रिया