
काठमाडौं, २८ चैत । अब तपाई पनि युरोपमा स्काईवेल ड्राइभ गर्न जाने होइन त ? नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राइभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । ‘स्काईवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् ।
स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने कम्पनीले जनाएको छ ।

स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ् समेत प्राप्त गर्न सफल भइसकेको छ ।
त्यसैगरी, चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनी हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काईवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र ‘रियल इभी एसयुभी’ हो ।
काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काईवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाइन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि मोटर्स प्रालिले यो विशेष योजना ल्याएको हो ।

‘स्काईवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ योजनाअन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यती मात्र होइन सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन् । यसका लागि आफूले स्काईवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरी ह्यासट्याग टेस्टड्राईभ स्काईवेल ह्यासट्याग ‘स्काईवेल ड्राइभ नेपाल टु युरोप’ लेखेपुग्छ । यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राईभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेछन् ।
स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको बिक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको विई ११–४१० किमी ७९ लाख ९० हजार र विई ११–५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ । स्काईवेलका यी दुवै मोडल फुल साईज एसयुभी हुन् । १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिँदै आएको छ ।
स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा बिक्री कक्षहरु सञ्चालन आइसकेका छन् ।
















प्रतिक्रिया