
काठमाडौं, २६ चैत । मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक व्यक्तिहरूलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करियर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेशामा आवद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ ।
‘अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाईंको’ भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको यो अभियानले मेटलाइफका बीमा अभिकर्ताहरूले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने कुरामा जोड दिएको छ । धेरै नेपालीहरूले विदेशमा रोजगारी खोजिरहेका छन्, मेटलाइफ नेपालको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करियर निर्माण गर्न सकिने सन्देश दिएको कम्पनीले जनाएको छ ।
‘जीवन बीमा अभिकर्ताको रूपमा व्यक्तिहरूले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान, र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन् । यो अभियान नेपालीहरूलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करियरमा योगदान पुर्याउन आह्वान गर्दछ ।’ कम्पनीले भनेको छ ।
मेटलाइफ नेपालमा करियर सुरु गर्दा असंख्य अवसरहरूको ढोका खुल्ने कम्पनीको भनाई छ । ‘इच्छुकहरूले अन्तर्राष्ट्रियस्तरको बीमा र बिक्रीसम्बन्धी तालिम प्राप्त गर्छन्, बहुराष्ट्रिय कार्यसंस्कृति अनुभव गर्छन्, र निरन्तर सिकाइ तथा विकासको पहुँच पाउँछन् । आर्थिक सफलता मात्र नभएर, यस पेशामा एउटा गहिरो जिम्मेवारी पनि हुन्छ—व्यक्तिहरू र परिवारहरूलाई सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्नु । जीवन बीमा अभिकर्ताहरूले मानिसहरूलाई जीवनका अनिश्चितताहरूका लागि तयार हुन सहयोग गर्छन्, जसले सपनाहरूलाई सुरक्षित राख्छ र भविष्यलाई सुनिश्चित बनाउँछ ।’ कम्पनीले भनेको छ ।








प्रतिक्रिया