२० असार २०८३, शनिबार

रवीन्द्र, धवलशमशेरसहित २० जनालाई १५ दिन र ५३ जनालाई थप २० दिन थुनामा राख्न अनुमति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनलाई उक्साएर हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

उनीहरूलाई राज्यविरूद्वको कसुरको आरोप लगाइएको छ ।

आज काठमाडौं जिल्ला अदालतले २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

यस्तै आपराधिक उपद्रवको आरोप लागेका ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।