३० आश्विन २०८३, शुक्रबार

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा पराकम्पहरू रेकर्ड

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३६ सय पुगेको छ भने पाँचहजार १७ जना घाइते भएका छन् ।

१ सय ६० जना अझै बेपत्ता रहेका बताइएको छ । म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ ।

मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन् ।